काठमाडौं । कुमारी बैंकका ग्राहकले होटेल भिन्टेज होममा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई होटेलको सेवामा छुट सुविधा उपलब्ध गराउन बैंकले होटेल भिन्टेज होमसँग विशेष सम्झौता समेत गरेको छ ।
सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले होटेल भिन्टेज होमबाट सेवा लिएबापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड अथवा क्यूआरमार्फत गर्दा १०% छुट प्राप्त गर्न सक्ने छन् ।
यो सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नाका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नाका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्ने विश्वास बैंकको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ४९ वटा विस्तारित काउन्टर तथा ५९ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिनाधितो, छिटो छिटो, क्यूआर मर्चेन्टहरूलाई कुमारी फोन लोन सुबिधा

FACEBOOK COMMENTS