काठमाडौं । महिन्द्रा नेपाली अटोमोबाइल बजारमा अत्यन्त लोकप्रिय र विश्वसनीय ब्राण्डको रूपमा परिचित छ ।
विशेषगरी नेपालका अफरोड र पहाडी सडकहरूका लागि महिन्द्राका एसयूभी र पिकअप गाडीहरू राजाइमा पर्ने गरेका छन् ।
नेपालमा महिन्द्राका गाडी तथा ट्रयाक्टरहरूको आधिकारिक आयातकर्ता तथा बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि. हो ।
सन् १९९१ देखि नेपालमा महिन्द्राको बिक्री–वितरण गर्दै आएको अग्नि ग्रुपले देशभर ८० भन्दा बढी डिलर र आउटरिच नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ ।
नेपालमा महिन्द्राका प्रिमियम एसयूभी, इलेक्ट्रिक गाडी र युटिलिटी गाडीहरूमध्ये महिन्द्रा स्कर्पियो एन, महिन्द्रा एक्सयूभी ७००, महिन्द्रा एक्सयूभी ३एक्सओ, इलेक्ट्रिक मोडलहरू– बीई ६, एसईभी ९ ई, एसयुभी ४००, युटिलिटी र पिकअप जस्ता गाडीहरू उपलब्ध रहेका छन् ।
महिन्द्रा स्कर्पियो एन
महिन्द्राको स्कर्पियो एन, जसलाई ‘ड्याडी अफ एसयूभी’ भनिन्छ, यो मोडल नेपालमा निकै प्रिमियम र लोकप्रिय मानिन्छ ।
यसमा तपाईंले २.२ लिटर एमहक डिजेल इन्जिन, ४–ह्विल ड्राइभ विकल्प, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, ६ वटा एयरब्याग, सनरुफ, आकर्षक एलईडी बत्ती र अत्याधुनिक सुरक्षा फिचरहरू पाउनुहुनेछ ।
नेपालमा यसको मूल्य भेरियन्ट अनुसार ८२ लाख ५० हजार देखि १ करोड ३९ लाख सम्म पर्छ ।
महिन्द्रा एक्सयूभी ७००
महिन्द्रा एक्सयूभी ७०० लक्जरी, प्रविधि र सुरक्षाको उत्कृष्ट मिश्रण भएको आधुनिक एसयूभीको रूपमा परिचित छ ।
यसमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सुरक्षा प्रविधि, २.० लिटर टर्बो पेट्रोल इन्जिन, प्यानोरामिक सनरुफ, दोहोरो १०.२५ इन्चको डिजिटल स्क्रिन सेटअप जस्ता सुविधाहरू रहेका छन् ।
महिन्द्रा एक्सयूभी ७०० लक्जरी गाडीको मूल्य भेरियन्ट अनुसार ७० लाख देखि एक करोड १० लाख सम्म पर्छ ।
महिन्द्रा एक्सयूभी ३एक्सओ
नेपाली बजारमा केही समय अगाडि मात्र भित्रिएको महिन्द्रा एक्सयूभी ३एक्सओ कम्प्याक्ट एसयूभी युवा पुस्ता माझ अझ लोकप्रिय बन्दै गएको छ ।
यसमा स्पोर्टी डिजाइन, १.२ लिटर टर्बो पेट्रोल इन्जिन, डिजिटल ककपिट, ३६० डिग्री क्यामेरा र सेग्मेन्ट–फर्स्ट फिचरहरू रहेका छन् । नेपालमा यसको सुरुवाती मूल्य ४४ लाख ९० हजार देखि सुरु हुन्छ ।
तसर्थै एसयूभीमा, एक्सयूभी ३००, बोलेरो निओ, न्यु स्कार्पियो क्लासिक, स्कर्पियो जस्ता मोडलहरू पनि नेपाली बजारमा उपलब्ध रहेका छन् ।
महिन्द्राको ईभी
महिन्द्राले नेपालमा आफ्ना नयाँ जेनेरेसनका ईभी बीई ६, एसईभी ९ ई, एक्सयुभी ४०० पनि उपलब्ध गराएको छ ।
ईभीमा लामो रेन्ज दिने अत्याधुनिक ब्याट्री प्याक, फास्ट चार्जिङ सपोर्ट, फ्युचरिस्टिक डिजाइन र जिरो इमिसन जस्ता फिचरहरू रहेका छन् ।
नेपालमा ईभी बीई ६ को मूल्य ५७ लाख देखि सुरु हुन्छ । एसईभी ९ ई को ६९ लाखबाट सुरु हुन्छ भने एक्सयुभी ४०० को ५२ लाख ५० हजार सम्म पर्छ ।
युटिलिटी र पिकअप
महिन्द्राका युटिलिटी र पिकअप गाडीहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसमा स्कार्पियो पिकअप, बोलेरो पिकअप, बोलेरो क्याम्पर, बोलेरो म्याक्स पिकअप एचडी, बोलेरो म्याक्स पिकअप सिटी जस्ता मोडलहरू उपलब्ध रहेका छन् ।
यी पिकअप गाडीहरूमा बलियो चेसिस, उच्च ग्राउन्ड क्लियरेन्स, भार वहन क्षमता र मर्मत खर्च कम लाग्ने जस्ता विशेषताहरू रहेका छन् । नेपालमा महिन्द्राको बोलेरो क्याम्पर (सिंगल र डबल क्याब) २४ लाख ३० हजार देखि ३२ लाख ७५ हजार सम्म पर्छ भने स्कार्पियो क्लासिकको ६६ लाख सम्म पर्छ ।
महिन्द्राका गाडीहरूको उच्च ग्राउन्ड क्लियरेन्स र बलियो सस्पेन्सन नेपालका खाल्डाखुल्डी तथा कच्ची सडकका लागि पर्फेक्ट सावित भएको छ ।