काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको आज राति हुदैछ । बार्सिलोनाको स्टेडियम क्याम्प नेउमा हुने यो खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।
यो खेल बार्सिलोनाका लागि यस सिजनको लिग जित्ने खेल हुनसक्ने सम्भावना रहेको छ । बार्सिलोनाले यो खेल जितेमा यस सिजनको ला लिगाको उपाधि जित्ने छ । ला लिगामा बार्सिलोनाको हाल ३४ खेलमा ८८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ११ अंकले पछाडी रहेको छ ।
खेल अघि रियल म्याड्रिडलाई भने धक्का लागेको छ । रियलका स्टार खेलाडी किलियन एम्बाप्पे इन्जुरिका कारण यस एल क्लासिकोमा खेल्ने छैनन् । रियल म्याड्रिडले सार्बजनिक गरेको खेलाडीको सुचिमा एम्बाप्पेलाई समावेश गरिएको छैन ।
इतिहास हेर्दा विश्व क्लब फुटबलको सबै भन्दा ठुलो खेलको रुपमा हेरिने एल क्लासिको अन्तर्गत यो ला लिगाको १९२ खेल हुने छ । सबै एल क्लासिकोको इतिहास हेर्दा यो ३०७औं खेल हुने छ । अहिलेसम्म ला लिगाको एल क्लासिकोमा रियल म्याड्रिडले ८० खेल जितेको छ भने बार्सिलोनाले ७६ खेल जितेको छ । त्यस्तै ३५ खेल बराबरीमा सकिएको छ ।
त्यस्तै कुल एल क्लासिकोका खेल हेर्दा रियल म्याड्रिडले ११२ खेल जितेको छ भने बार्सिलोनाले १३० खेल जितेको छ । त्यस्तै ६४ खेल बराबरी खेलेका छन् ।
