काठमाडौं । भेटायो नेपालले चाडपर्व लक्षित अफर ल्याएको छ । दशैं नजिकिँदै गर्दा भेटायोले आफ्नो धमाका अफरहरू ल्याएको हो । अब कुनै पनि तनाव विना आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिने भएको छ ।
सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै कामहरु भेटायो मार्फत सहज र सरल रुपमा बिना झन्झट गर्न सकिने छ ।
भेटायो एक–स्टप सेवा प्लेटफर्म हो । जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू भेटायोको लक्ष्य हो । हाम्रो जीवनलाई सजिलो बनाउन काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झट रहित सेवाहरु उपलब्ध गराउनु हो ।
यस्ता छन् दसैँ अफर
मर्मतका कामहरू : चाडपर्व आफ्नो घरको भान्सा मर्मत गर्न १,३०० रुपैयाँ र बाथरुम सफा गर्न तीन हजार ३८० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
लुगा धुने कामप्रति किलोग्राम ८५ रुपैयाँमा हुने र डबल सिरकहरू ४०० रुपैयाँमा सफा गरिने कम्पनीले जनाएको छ । पाँच थानभन्दा बढीको अर्डरमा नि:शुल्क डेलिभरी हुने कम्पनीले जनाएको छ ।
वान बीएचकेको सरसफाइ तीन हजार रुपैयाँ र दुई बीएचकेको ससफाइमा दुई सिटरसोफा नि:शुल्क र तीन बीएचकेको सफाइमा ३ सिटर सोफा नि:शुल्क सफाइ गर्ने कम्पनीले जनाएको छ । न्यूनतम पाँच सिटको सोफा ४०० मा सफा गर्ने बताइएको छ । किचन सफा गर्दा चिम्नी नि:शुल्क सफा गर्ने भेटायोले जनाएको छ ।
निःशुल्क आन्तरिकसहित १५०० (३ फिटसम्म) वा २५०० रुपैयाँ (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरू सफाइ गर्ने सेवा समावेश रहेको कम्पनीले जनाएको छ । टायल्स र मार्बल सफाइका लागि प्रति वर्ग फुट १२ रुपैयाँ गरी न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा निःशुल्क बाथरुम पनि सफा गर्ने कम्पनीले जनाएको छ ।
यस्तै, एयर कन्डिसनसर, एसएस ट्याङ्क, प्लास्टिक ट्याङ्कीको सफा तथा सफाइको व्यवस्था रहेको कम्पनीले जनाएको छ । भेटायो एपबाट सहजै घर मर्मतदेखि अन्य मर्मत सफाइ सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS