काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बाचापत्रकै प्रतिबद्धता पूरा गर्नकै लागि सुकुम्बासी बस्ती खाली गर्न लागिएको बताएका छन् ।
प्रधानमन्त्रीले आफ्नो दल र नेताहरूसँग छलफल नै नगरी बस्ती हटाउने निर्णय लिएको र सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएको बन्दै विभिन्न तर्क–बितर्क चलिरहेका बेला उनले पार्टीकै प्रतिबद्धता पूरा गर्न लागिएको बताएका हुन् ।
बस्ती हटाउनुपर्नाका कारणहरूबारे आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै उनले आज भनेका छन्, ‘मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ । ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ ।’
यो पनि पढ्नुहोस्–
