काठमाडौँ । नेपाली बजारमा पछिल्लो दिन सुनको मूल्य लगातार घटेको छ । आज (मङ्गलबार) पनि सुनको मूल्यमा दुई सय रुपैयाँले गिरावट आएको छ ।
यससँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ । अघिललो दिन (सोमबार) सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।
गत साताको शुक्रबार प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन यसबीच (आइतबार–मङ्गलबार) एक हजार सात सय रुपैयाँले घटेको हो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ र सोमबार छ सय रुपैयाँले घटेको थियो ।
यता, चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
FACEBOOK COMMENTS