काठमाडौँ । बज्र ग्रुप अन्तगर्तको इभी नेपाल मोटर्सले नाडा अटो शोमा बुकिङ भएका चीनको चर्चित ब्राण्ड विलिङको सानो ईभी ‘विलिङ एयर मिनी’ को डेलिभरी सुरु गरेको छ।
नाडा अटो ग्राहकहरुले यो ब्रान्डको गाडी पहिलो लटमा ४९ युनिट बुकिङ गरेका थिए । त्यही अनुसार डेलिभरी सुर भएको हाे ।
कम्पनीले डेलिभरी दसैंमा दिनेगरी बुकिङ लिएकोमा समयमा गाडी आउन सकेन । केही दिन अगाडि कम्पनील उक्त बुकिङ भएका गाडीहरु ग्राहकलाई डेलिभरी गर्न थालेको हो।
नेपालमा विलिङ स्ट्याण्डर्ड र लङ रेन्जमा विलिङ उपलब्ध रहेको छ । स्ट्याण्डर्ड रेन्ज मोडलले २०० किमि र लङ रेन्ज मोडलले ३०० किमि रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
नेपाल आएको विलिङ एयर मिनी इन्डोनेशियामा उत्पादन भएको हो । अमेरिकी अटो जाइन्ट जनरल मोटर्स र चीनको सबैभन्दा ठूलो गाडी उत्पादक ग्रुप एसएआईसीको समेत लगानी रहेको विलिङले सिंगल मोडल विक्रीमा टेस्ला मोडल थ्रीलाई समेत धेरै पटक पछाडि पारेको छ ।
सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा करिब १६ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।
नेपाल आउने वूलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ ।
लङ रेन्ज मोडल भने २६.७ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसमा पनि ३० किलोवाट क्षमताको मोटर दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।
दुई ढोका र चार सिट अप्सनमा नेपाल आउने विलिङ एआई फिचर भएको मिनि ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।
FACEBOOK COMMENTS