काठमाडौं । कर्पोरेट बिजनेश म्यागजित तथा कर्पोरेट खबर डडकम (कर्पोरेट मिडिया ग्रूप) ले १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ भव्यरूपमा सम्पन्न गरेको छ ।
गत बिहीबार काठमाडौंको होटेल र्याडिसनमा विशेष समारोह आयोजना गरी सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ । खासगरी नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।
उनका अनुसार ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको थियो ।
जसअन्तर्गत नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ व्यवसायी सुरेन्द्र वीर मालाकारलाई यो वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । राष्ट्र निर्माण र व्यावसायिक नेतृत्वको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले समेत प्रबल गोर्खा दक्षिण बाहु, सुप्रबल जनसेवा श्री र सुकृतिमय राष्ट्रदीप जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट विभूषित गरिसकेको व्यक्तित्वलाई सो अवार्ड प्रदान गरिएको हो ।

अरु को–कसले कुन–कुन् अवार्ड पाए ? हेर्नुहोस् समाचार शीर्षकसहितको सूची–

‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान (विवरणसहित)
‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ सुरेन्द्रवीरलाई
सीएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड’
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड’
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड’
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड’
रेबानका अध्यक्ष सङ्घर्ष बिष्ट ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड’ बाट सम्मानित
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीलाई ‘कर्पोरेट अटोमोटिभ लिडरसिप अवार्ड’
इप्पानका निवर्तमान अध्यक्ष कार्कीलाई ‘कर्पोरेट ग्रिन इनर्जी लिडरसिप अवार्ड’
चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्क प्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप अवार्ड’
रघुनन्दन मारुलाई ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप अवार्ड’
एफएनसीसीआई कोशीका अध्यक्ष राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड’
नबिल बैंकलाई ‘कर्पोरेट बैंक अफ दि इयर’ अवार्ड
गरिमा विकास बैंकलाई ‘कर्पोरेट डेभलपमेन्ट अफ दि इयर’ अवार्ड
सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ दि इयर’ अवार्ड
शिखर इन्स्योरेन्सले पायो ‘कर्पोरेट नन–लाइफ इन्स्योरेन्स अफ दि इयर’ अवार्ड
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पायो ‘कर्पोरेट मर्चेन्ट बैंक अफ दि इयर’ अवार्ड
आईसीएफसी फाइनान्सलाई ‘कर्पोरेट फाइनान्स अफ दि इयर’ अवार्ड
हिट्कोका प्रधानलाई ‘कर्पोरेट अटोमोटिभ कम्पोनेन्ट्स अवार्ड’
एमएडब्ल्यू वृद्धि कमर्सियललाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड’
जेरोना वेलनेसका अध्यक्ष दुर्गाराजलाई ‘कर्पोरेट फेशन एण्ड ब्युटी प्रडक्टस् अवार्ड’
भिभो नेपाललाई ‘कर्पोरेट आउटस्ट्याण्डिङ स्मार्टफोन अवार्ड’
जलविद्युत् क्षेत्रकी युवा उद्यमी अभिज्ञा मल्ललाई ‘कर्पोरेट वमन अन्टरप्रेनर अवार्ड’
रिगल फिटनेसका रोजललाई ‘कर्पोरेट युथ अन्टरप्रेनर अवार्ड’
ह्याम्स हस्पिटललाई ‘कर्पोरेट हेल्थ इन्स्टिच्युशन अवार्ड’
सिन्धु पोल्ट्रीका कृष्णहरि अर्याललाई ‘कर्पोरेट एग्रो अन्टरप्रेनरसिप अवार्ड’
सोफा हबका तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्सी अवार्ड’
होलिडे ट्रिप नेपाल टुर्सका कार्कीलाई ‘कर्पोरेट युथ आइकन इन हस्पिटालिटी एण्ड टुरिजम अवार्ड’
फोटो पत्रकार वन्तलाई ‘कर्पोरेट फोटो जर्नालिज्म एक्सिलेन्सी अवार्ड’
माता पाथिभराका गंगाबहादुर खड्कालाई ‘कर्पोरेट इन्डष्ट्री एक्सिलेन्स अवार्ड’
भव्य समारोहका प्रतिनिधिमुलक केही तस्बिरहरू हेर्नुहोस्–







